वीरगन्ज :

‘हिजो आजका कुरा’ को ‘परदेश’ गीत सार्वजनिक

श्रेणी : मनोरञ्जन

2 years
birgunj report
62Views
0 Shares


काठमाडौ । भदौ १८ गते
बरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गतेदेखि प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् ।

चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी पटक हेरिसकिएको छ । कोरोना महामारीका कारण पूर्वघोषित ०७७ वैशाख १२ मा प्रदर्शन स्थगित गरिएको चलचित्र अब भने दशै तिहारको बीचमा दर्शकमाझ ल्याउन लागिएको हो ।

सार्वजनीक दोश्रो गीतको शब्द एक्तारे र साकार पन्तले लेखेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ । बिरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलीया,साकार पन्त,ऋचा शर्मा,रिमा बिश्वकर्मा,केकी अधिकारी,लक्ष्मी भुसाल,रबि डंगोल,मन्जु श्रेष्ठ,दिब्य देवलगायतका कलाकारहरु समेटिएका छन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा बरिष्ठ अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय ९अशोक० र सचितकुमार मिश्र छन् ।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व।जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।

डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा–द मुभी’ लाई यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *