वीरगन्ज :

सोमालियाको होटमा जिहादीको हमला, १३ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
55Views
0 Shares

काठमाडौं । भदौ ५ गते
सोमालियाको राजधानी मोगादिसुको एक होटलमा जिहादी विद्रोहीले गरेको एक घण्टा लामो आक्रमणमा मारिने व्यक्तिको संख्या १३ पुगेको सरकारका एक एक सुरक्षा कमाण्डरले शनिबार बताए । ‘हामीले थप पाँच जना मारिएको पुष्टि भएको जानकारी प्राप्त गर्दैछौं । योसँगै विद्रोहीसँगको हमलामा मारिनेको संख्या १३ पुगेको छ’, सुरक्षा कमान्डर मोहम्मद अब्दिकादिरले भने ।

प्रहरी अधिकारी इब्राहिम दुआलेले पनि १० भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि गरे । उनले शुक्रबार साँझ अल–शबाब लडाकुहरूले गरेको बन्दुक र बम आक्रमणको समयमा होटलमा रहेका अधिकांश सर्वसाधारणलाई उद्धार गरिएको बताए । विद्रोहीले होटललाई नियन्त्रणमा लिएर सर्वसाधारणलाई बन्धक बनाउन खोजेका थिए । ‘अहिलेसम्म हामीले १२ जनाको ज्यान गएको पुष्टि गरेका छौँ, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए’ गुप्तचर अधिकारी मोहम्मदले रोयटर्सलाई भने ।

बन्दुकधारीहरूले भवनको दोस्रो तल्लामा अज्ञात संख्यामा बन्धकहरू राखेका र अधिकारीहरूलाई भारी हतियार प्रयोग गर्नबाट रोकिएको थियो ।विद्रोहीले सुरक्षाकर्मीलाई अवरोध गर्न भवनका केही सिढीमा पनि बम विस्फोट गराएका उनले बताए ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *