वीरगन्ज :

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
49Views
0 Shares


काठमाडौं । भदौ ५ गते
सुनसरीको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।

को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो । एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *