वीरगन्ज :

सशस्त्र प्रहरीद्वारा भन्सार फेल भारतीय कार पक्राउ

सशस्त्र प्रहरीद्वारा भन्सार फेल भारतीय कार पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

वीरगंज (पर्सा), २३ भदौ / सशस्त्र प्रहरीले ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरको कार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगंजले बिआर ०६ एभि ५९१४ नम्बरको सेतो रंगको कार नियन्त्रणमा लिएको हो ।
मंगबलबार दिउसो २ः३० बजेको समयमा वीरगंज महानगरपालिकाको वडा नं. १६ भन्सार रोडस्थित खटिएको ७ जनाको गाडी मोबाईल टोलिले सो कार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संतोष कुमार बस्नेतले जानकारी दिए ।
कार सोहि स्थानमा छोडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७९ ०१ । २६ गते देखि मिति २०७१।०१।२८ गते सम्म गौर भन्सार कार्यालय रौतहटबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरी ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुँदा नियन्त्रणमा लिइएको सुचना अधिकारी बस्नेतले बताए । नेरु २० लाख पर्ने उक्त कार नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको बस्नेतले जानकारी गराए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *