
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाई दिएको बताएका छन् । आइतबार सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले महाभियोग प्रस्तावमा बिलम्ब गरेर सत्तापक्षले जबरालाई सफाइ दिएको बताएका हुन् ।
उनले सत्तापक्षले प्रक्रिया अघि नबढाएर जबरालाई सफाइ दिएको बताए । उनले भने, ‘संसदको कार्यकाल सकियो । महाभियोगको प्रस्ताव पारित भएन । दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो । कुनै पनि प्रस्ताव जिन्दगीभर चलाउने विषय होइन । हरेक विषयको कार्यकाल हुन्छ । अवधि हुन्छ । सत्तामा पुगेर सेना प्रहरी हातमा छ भनेर जे गरे पनि हुन्छ । लोकतन्त्रमा यस्तो तमासा हुन्छ ?’
उनले महाभियोग प्रस्तावलाई सत्तारूढ गठबन्धनले गणितीय खेल खेलेको बताए । उनले रूसको संसदमा बोरिस यल्सिनले गोलाबारी गरेको स्मरण गर्दै नेपामा सत्तापक्षले सर्वोच्च अदालतमा गोलाबारी गरेको आरोप लगाए । उनले भने, ‘बोरिस यल्सिनले रुसको संसद्मा गोलाबारी गरेका थिए, गठबन्धनले अदालतमा गोलाबारी गर्यो । यस्ता बोरिस यल्सिनलाई के भन्ने ?’

प्रतिक्रिया