वीरगन्ज :

रौतहटमा बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु

श्रेणी : BANNER

2 years
birgunj report
99Views
0 Shares


काठमाडौं । भदौ २ गते
रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते भएकी छिन् ।

मृत्यु हुनेमा रिक्सा चालक सर्लाहीको बाग्मती नगरपालिका–२ सोल्टीका ३८ वर्षीय रवि मगर, रिक्सामा सवार सोही ठाउँका ३८ वर्षीय प्रेम ठाडा मगर र ४५ वर्षीय ढक बहादुर लुंगेली मगर रहेका छन् । तीनै जनाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते भएकी ढक बहादुरकी श्रीमती सविनालाई भने थप उपचारको लागि वीरगन्ज स्थित न्यूरो अस्पताल पठाइएको छ ।

काठमाण्डौबाट सर्लाही जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख २०१ नम्बरको बसले प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई आज बिहान ५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *