वीरगन्ज :

महोत्तरीमा मोटरसाइकल दुर्घटनापछि आगलागी: तीन विद्यार्थी जलेर निधन, स्थानीय समुदाय स्तब्ध

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
2.2kViews
1623 Shares

जनकपुर,२४ चैत । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहा गाउँमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकडारा गाउँपालिका–५ बथनाहा क्षेत्रमा ठोक्किएपछि आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा जलेर घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

हालसम्म मृतक तथा घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी भएको बताइएको छ।

दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नम्बर प्लेटसमेत नदेखिने अवस्थामा पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *