वीरगन्ज :

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे परीक्षण हुनुपर्छ : हर्क साम्पाङ

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.7kViews
1179 Shares

काठमाडौं,१५ चैत  । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले सरकारका उच्च पदाधिकारीहरूको दैनिक स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूको नियमित रूपमा मादक पदार्थ (मापसे) र लागुऔषध सेवन (लापसे) परीक्षण गरिनुपर्ने बताएका हुन्।

उनले देशको समग्र स्वास्थ्य र सुशासनका लागि यस्तो व्यवस्था अनिवार्य हुनुपर्ने उल्लेख गरेका छन्। साम्पाङका अनुसार राज्य सञ्चालन गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूको व्यवहार र स्वास्थ्य अवस्था पारदर्शी हुन आवश्यक छ।

उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गराएको छ। केहीले यसलाई सुशासन र जवाफदेहितातर्फको प्रस्तावका रूपमा लिएका छन् भने अन्यले यसलाई व्यावहारिक कार्यान्वयनको चुनौतीसँग जोडेर हेरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *