वीरगन्ज :

पर्साको पिडरिगुठ्ठीमा आगलागी

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.5kViews
1097 Shares

बीरगन्ज,१९ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१, पिडरिगुठ्ठीमा सोमवार दिउँसो अचानक आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय मोजामिल राय भगत र उनका कान्छा भाइ हाफिज राय भगतको फुसको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो। दिउँसो २:४० बजे आगलागी सुरु भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पिडरिगुठ्ठीबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र प्रसाद यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा आगो १५:१० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो।

आगलागीका कारण घरको धान, गहुँ, काठको पलंग, पंखा र लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घरमा आंशिक संरचनात्मक क्षति पनि भएको बताइएको छ।

प्रहरीले आगलागीको कारण प्रारम्भिक रुपमा विद्युत सर्ट हुन गएको ठहर गरेको छ भने थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *