वीरगन्ज :

पथलैयामा ३४ टन प्याज चोरी पैठारी प्रकरण: तीन जनाविरुद्ध मुद्दा दायर

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.4kViews
1738 Shares

बारा, २१ चैत्र । राजस्व अनुसन्धान कार्यालय पथलैयाले ३४ टन प्याज भन्सार छलिका साथ चोरी पैठारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार मुद्दा शिव पार्वती ट्रेडर्सकी सञ्चालक जनकदुलारी देवी, भारतीय १६ चक्के लरी ट्रकका चालक उमेश यादव, र ट्रक मालिक भारतीय नागरिक नरेश यादवविरुद्ध दायर गरिएको हो।

अनुसन्धान अनुसार उनीहरूले भन्सार जाँचपास नगराई राजस्व छल्ने उद्देश्यले प्याज तस्करी गरेको पाइएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ अनुसार उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

बिगो तथा जरिवाना गरेर कुल ३६ लाख ५८ हजार १०० रुपैयाँ माग दाबी गरिएको छ भने तस्करीमा प्रयोग भएको ट्रक जफत गर्न ट्रक मालिक नरेश यादवलाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *