वीरगन्ज :

ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ: राष्ट्रपति बाइडेन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
5Views
0 Shares


न्युयोर्क, ३ असोज

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो ।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले ठापुको रक्षा गर्ने बताए ।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले  ताइवान भ्रमण गरेपछि  अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ । चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन । उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *