वीरगन्ज :

जनकपुरमा थारु समुदायको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सुरु

श्रेणी : अन्तर्वार्ता

3 weeks
Pradeep Sah
3.0kViews
1042 Shares

जनकपुर,२० जेठ । नेपालको आदिवासी जनजातिमा पर्छ थारु समुदाय। यही समुदायको पहिचान, संस्कृति र अधिकारमाथि केन्द्रित अन्तर्राष्ट्रिय थारु सांस्कृतिक सम्मेलन सोमबारदेखि जनकपुरधाममा सुरु भएको छ।

महेन्द्रनारायण निधि सांस्कृतिक भवनमा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरे। कार्यक्रमका विशिष्ट अतिथिका रूपमा गृहमन्त्री, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी सहभागी थिए।

सम्मेलनको अध्यक्षता थारु अन्तर्राष्ट्रिय सभा च्यास्टरका अध्यक्ष श्रवण थारुले गरेका थिए। कार्यक्रममा थारु समुदायसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

थारु अन्तर्राष्ट्रिय सभाका अध्यक्ष दीपनारायण प्रसाद, विजय प्रसाद थारु, शान्ति चौधरी, बासुदेव चौधरी, श्याम नारायण सिंह, अन्जु पंजियार लगायत थुप्रै थारु अगुवाहरू सम्मेलनमा सहभागी थिए।

कार्यक्रममा थारु भाषा, संस्कृति, पहिचान, ऐतिहासिक पृष्ठभूमि र हालका चुनौतीहरूबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *