वीरगन्ज :

चन्द्रपुर नगरपालिकाले हटायो दुई दिने बिदा, विद्यालय र कार्यालय नियमित सञ्चालन हुने

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.6kViews
1391 Shares

राैतहट,०६ जेठ । चन्द्रपुर नगरपालिकाले सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदा प्रणाली नमान्ने निर्णय गरेको छ। नगरपालिकाले अतिरिक्त बिदा कटौती गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरू अब आइतबारदेखि शुक्रबारसम्म नियमित सञ्चालन हुने सूचना जारी गरेको हो।

नगर कार्यपालिकाको दुई वटा निर्णयअनुसार यसअघि कायम रहेको अतिरिक्त बिदा हटाइएको छ। नगरपालिका द्वारा जारी सूचना नम्बर ‘क’ अनुसार विद्यालयहरू साबिककै तालिकाअनुसार आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्।

त्यस्तै, सूचना नम्बर ‘ख’ अनुसार नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य संस्था, पशु सेवा तथा कृषि शाखा, वडा कार्यालय तथा अस्पतालहरू पनि अब नियमित समयमै सञ्चालन हुने भएका छन्। कार्यालयहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ।

नगर प्रमुख सञ्जयकुमार काफ्लेद्वारा जारी सूचनाअनुसार उक्त निर्णय आगामी जेठ १० गते आइतबारदेखि लागू हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *