वीरगन्ज :

एमालेको सचिवालय बैठक आज बस्दै,समानुपातिक उम्मेदवार टुंग्याउने तयारी

श्रेणी : राजनीति

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं, २ असोज ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ ।एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए ।

संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ ।४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *