वीरगन्ज :

महोत्तरी कारागारबाट भागेका कैदीलाई २४ घण्टाभित्र फर्कन आग्रह

श्रेणी : BANNER

3 days
Pradeep Sah
2.1kViews
1267 Shares

जनकपुर,२६ भदौ । महोत्तरी कारागारबाट मंगलबार बेलुका सामूहिक रूपमा फरार भएका कैदीबन्दीलाई २४ घण्टाभित्र फर्कन कारागार प्रशासनले अल्टिमेटम दिएको छ।

मंगलबार साँझ करिब ७ बजेतिर कारागारमा भएको अव्यवस्थित भागदौडका कारण ५७७ मध्ये ५६७ जना कैदीबन्दी भागेका थिए। एक जना मात्र जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहेका थिए।

कारागार प्रशासनले बुधबार विज्ञप्ति जारी गर्दै भागेकाहरूलाई स्वेच्छाले कारागार फर्किन आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “स्वेच्छाले नफर्के कानुन बमोजिम थप सजायको व्यवस्था हुने जानकारी गराइन्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *