वीरगन्ज :

हैजा उपचारका लागि प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.9kViews
1301 Shares

बीरगन्ज,०८ भदौ । मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाएको छ। मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएका स्वास्थ्य महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले आइतबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघन प्रसाद सिंहको पहलमा झाडापखाला र हैजाका बिरामीहरूको उपचारका लागि आवश्यक १७ प्रकारका औषधि र सामग्री उपलब्ध गराइएको हो। जनस्वास्थ्य अधिकृत ठाकुरले महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै थप आवश्यक सामग्री उपलब्ध गराउन तयार रहेको पनि जानकारी दिए।

यस अवसरमा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले वीरगन्जमा दिनहुँ झाडापखाला र हैजाका बिरामीहरू थपिँदै गएको बताए। उनले महामारी नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहहरूसँग समन्वय गरेर काम गरिरहेको पनि जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *