वीरगन्ज :

एकताका बीरगँजको नामचिन युवा स्पोर्ट्स क्लबको कार्य समिति बिघठन,अगामी असार २१ गते महाधिवेशनको घोषणा

श्रेणी : मधेस

12 months
Pradeep Sah
2.5kViews
1190 Shares

बीरगँज। युवा स्पोर्ट्स क्लब, बीरगँजको पुर्व अध्यक्ष एवम सँस्थापक सदस्य दिनानाथ प्रसाद रौनियारको अध्यक्षतामा बसेको पुर्व अध्यक्षको भेला बैठकले अहिलेको कार्य समिति बिघठन गरि अगामी असार २१ गते महाधिवेशन तथा साधारण सभाको घोषणा गरेको छ। बिघठित कार्य समितिको अध्यक्ष सँजय थापाले पुर्व अध्यक्षहरुलाई सम्बोधन गरि राजिना दिएपछि उक्त राजिनामा स्वीकृत भई कार्य समिति बिघठन गरिएको हो।बिघठित प्रकृयाले कलबको दैनिक कार्य सँचालनमा अवरोध नहोस् हेतु पुर्व अध्यक्ष रमेश श्रेष्ठलाई साधारण सभा नहुन्जेल सम्मको लागि दैनिक कार्य सँचालनको लागि जिम्मा दिएको छ।

युवा स्पोट्स कलबका पुर्व अध्यक्षहरुमा दिनानाथ प्रसाद रौनियार, वसन्त लामा, मधुकृष्ण महर्जन, सुमन श्रेष्ठ,रमेश श्रेष्ठ,जगरनाथ प्रसाद कानु र प्रमोद परियार अहिले रहेका छन भने गोपाल गिरी, राजेन्द्र अर्याल, दिपक लाल पार्थिव र शुशिल तामाङ्को मुत्यृ भई सकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *