वीरगन्ज :

संघीय निजामती सेवा ऐनको माग गर्दै कर्मचारीहरू कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
3.0kViews
1643 Shares

काठमाडौं,२५ जेठ । संघीय निजामती सेवा ऐन जारी गरिनुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरूले सोमबारदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।

‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा सुरु गरिएको आन्दोलन अन्तर्गत कर्मचारीहरूले कालोपट्टी बाँधेर नियमित सेवा प्रवाहलाई जारी राखेका छन्।

आन्दोलनमा प्रमुख पाँच राजनीतिक दल निकटका कर्मचारी संगठनहरू नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट राष्ट्रिय निजामती संगठन, एकीकृत समाजवादी निकट कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक संगठन तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन्।

निर्देशक समितिको जेठ २० गते बसेको बैठकले जेठ २५ गतेदेखि निर्णय नभएसम्म देशभरका कर्मचारीले कालोपट्टी बाँधेर सेवा दिनुपर्ने निर्णय गरेको थियो। उक्त बैठकको अध्यक्षता अम्बादत्त भट्टले गरेका थिए।

नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीका अनुसार आन्दोलनको पहिलो चरणमा ‘कार्यस्थलमै सेवा प्रवाह जारी राख्दै कालोपट्टी बाँध्ने’ रणनीति अपनाइएको हो। उनका अनुसार ऐनको माग पूरा नभएसम्म आन्दोलनका थप चरणबद्ध कार्यक्रम सार्वजनिक गरिनेछ।

संघीय संरचना कार्यान्वयनमा आइसकेको अवस्था र संविधानले प्रत्याभूत गरेको संघीय निजामती सेवा ऐन अझै नआएकोप्रति कर्मचारीहरू असन्तुष्ट छन्। उनीहरूले सो ऐनमार्फत कर्मचारीको सेवा, सरुवा, पदोन्नति, सुरक्षा र अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *