वीरगन्ज :

टुकुचा उत्खनन् अभियान रोक्न महानगरलाई उच्च अदालत पाटनको अल्पकालिन आदेश

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले यस्तो आदेश दिएको हो । दुवै पक्षलाई राखेर छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल हुने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन् ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे–नेक्स इनभेस्टमेन्ट प्रालिसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।

आदेशमा भनिएको छ, ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ ।’

निवेदकहरुले आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरले कानुनी प्रकृया नपुर्याइ, क्षतिपूर्ति नदिइ हटाउन लागेको रिट निवेदनमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *