वीरगन्ज :

नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.8kViews
1826 Shares

जनकपुरधाम, ९ माघ । सिरहा जिल्लाको गोलबजार नगरपालिका-११ बलकावामा आयोजित भवरी मेलामा झगडापछि भाग्दै गरेका दुई व्यक्तिलाई प्रहरीले नलकटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ।

गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र विष्णुकुमार महतो उक्त मेलामा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय गोलबजारका टोलीद्वारा पक्राउ परेका हुन्। प्रहरी टोलीको नेतृत्व सई श्याम प्रकाश यादवले गरेका थिए।

पक्राउ परेका ठाकुरको साथबाट नलकटुवा पेस्तोल फेला परेको छ भने महतोको साथबाट फलामको नक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए।

हातहतियार सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *