वीरगन्ज :

मेयर सिंहले गरे बीरगन्ज महानगरद्वारा सञ्चालित स्वास्थ्य ल्याबमा छड्के अनुगमन

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.6kViews
1648 Shares

बीरगन्ज,२५पुस । बीरगन्ज महानगरपालिकाले वडा नम्बर ३ स्थित मालपाेत कार्यालय चाेकमा सञ्चालनमा ल्याएकाे स्वास्थ्य परिक्षण ल्याब(प्रयोगशाला) मा बिहीबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गरेका छन्।

बिहीबार बिहानै प्रमुख प्रशासकीय अधिकृत अरविनणद लाल कर्णसंगै अचानक ल्याबमा पुगेर छड्के अनुगमन गरेका मेयर सिंहले ल्याबबाट प्रदान भइरहेका सेवा,उपकरणको अवस्था लगायतका बारे ल्याबमा कार्यरत स्वास्थ्य प्राविधिकहरुसंग जानकारी लिए ।त्यसक्रममा उनले आम नागरिकका लागि सर्वसुलभ सेवा दिन महानगर आँफैले ल्याब सञ्चालनमा ल्याएकाले त्यसलाई ध्यानमा राखेर अझ सहज र गुणस्तरीय सेवा दिन ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशनपनि दिए।

स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदैं मेयर सिंहले भने,`ल्याबले दिने सेवाकाे गुणस्तरमा कुनै सम्झाैता हुनुहसदैन।साथै सेवाग्राहीबाट कुनै गुनासाेपनि आउनु हुदैन।यी कुरालाई ध्यानमा राखेर काम गर्नुहाेला।´मेयर सिंहले ल्याबलाई अझ प्रविधियुक्त बनाउन र सेवा विस्तारका लागि आवश्यक उपकरण ,जनशक्ति महानगरवालिकाले थप गर्ने याेजना रहेको सुनाए ।

बीरगन्ज महानगरबासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण(ल्याब) सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरपालिकाले ३३ लाख रुपैयाँको लागतमा चार काेठे भवन निर्माण गरेर २०८० साल असाेजदेखि आफ्नै स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।उक्त ल्याबमा ५४ प्रकारका परिक्षण हुने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *