वीरगन्ज :

३ किलो गाँजासहित एक महिला पक्राउ

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.4kViews
1778 Shares

जनकपुर,१४ पुस । महोत्तरी प्रहरीले तीन किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । गौशाला नगरपालिका–४ रजखोरटोल बस्ने ४० वर्षीया विभादेवी महतोलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

आफ्नै घरमा गाँजाको पुरिया बनाइ बिक्री–विरतण गरी रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

घरनजिक पुग्दा महतो प्रहरीलाई देख्नासाथ घरबाट रातो रंगको जेब्रा झोला लिइ भाग्न खोजेकी थिइन् । तर उनलाई पक्राउ गर्न सफल भएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा कालो रंगको प्लाष्टिकको झोलामा लुकाएर राखेको ३ किलो २५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

पक्राउ परेकी महतोमाथि थप अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *