वीरगन्ज :

३५ लाखभन्दा बढीको भन्सार छली सामान नियन्त्रणमा

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.6kViews
1540 Shares

वीरगन्ज,२१ जेठ । नेपाल भित्र्याइएका रु ३५ लाखभन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामान र सवारी साधनहरू सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानहरूमा खटिएको टोलीले रु ७ लाख ३९ हजार ९५० बराबरका विभिन्न प्रकारका सामानहरू बरामद गरेको हो। ती सबै सामानहरू भन्सारमा दाखिला गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ।

सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको गाडी मोबाइल टोलीले वीरगन्ज-२५ स्थित बहुअरी चोकमा चेकजाँच गर्दा प्रदेश २-०३-००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीमा ब्रोइलर कुखुरा लोड गरिएको अवस्थामा फेला परेको हो।

तर, सो गाडीमा कुखुरासम्बन्धी कुनै बिल, भीसीटीएस वा भेटेरिनरी प्रमाणपत्र नभएको पाइएपछि चालकले गाडी बेवारिसे अवस्थामा छाडेर भागेका थिए। सशस्त्र प्रहरीले उक्त गाडी र कुखुरा नियन्त्रणमा लिई कारवाही अघि बढाएको छ। गाडीको भन्सार मूल्याङ्कन रु २५ लाख कायम गरिएको छ भने रु १ लाख ८४ हजार बराबरको कुखुरा नष्ट गरिएको छ।

त्यसैगरी, सोही गुल्मले विभिन्न सीमा नाकाबाट रु २ लाख ७३ हजार १६० बराबरका मोबाइल तथा इलेक्ट्रोनिक सामग्रीहरू समेत नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै अवैध सामान तस्करी नियन्त्रणमा कडाइ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *