वीरगन्ज :

१० लाखभन्दा बढिको भन्सार छलीको सामान बरामद

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.3kViews
1134 Shares

वीरगंज (पर्सा), १९ चैत । सशस्त्र प्रहरीले वीरगंजका विभिन्न स्थानबाट १० लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको मोवाईल टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोड स्थितबाट भन्सार छलीका सामग्री बरामद गरेको हो ।

कुनै किसिमको कागजात तथा प्रज्ञापन पत्र नभएको अवस्थामा ८ लाख ४० हजार मूल्य बराबरको कुर्ता सुरुवाल ८५ सेट, टप्स ७५० पिस, ७६ जोर जुत्ता, काजु २३० किलोग्राम लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए । उनकाअनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट पनि १ लाख २२ हजार ७२० रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ३१ भेडियाही बाँसझाङ्बाट सशस्त्र प्रहरीले सालको गोलीया बरामद गरेको छ । सुरक्षा बेश बेलवा र सबडिभिजन वन कार्यालय सबैयाबाट खटिएको सयुँक्त टोलीले ५० हजार मूल्य बराबरको २० क्युबिक फिट सालको गोलीया र आरासहित २ जनालाई पक्राउ गरेको सिंहले जानकारी दिए । उनका अनुसार बरामद सामग्री वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका व्यक्तिलाई काठसहित सब डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *