वीरगन्ज :

होटल खोली लागूऔषध कारोबार गर्ने भारतीय नागरिक पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.9kViews
1636 Shares

जनकपुर,२२ वैशाख । होटलको आडमा लागूऔषध कारोबार गर्ने एक भारतीय नागरिक सिरहामा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बिहार, मधुवनी जिल्लाको कमलावारी ग्रामपञ्चायत–६ का ३५ वर्षीय धर्मेन्द्र यादव हुन्।

सिरहा नगरपालिका–१७, खटोकास्थित ‘अजय होटल तथा मदिरा पसल’ नामको व्यवसाय संचालन गर्दै आएका यादवलाई शनिबार साँझ प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, यादवको पसलबाट बिक्रीका लागि राखिएको ५ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पसलमा खानतलासी गर्दा लागूऔषध फेला परेको जानकारी दिएका छन्।

हाल सिरहा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *