वीरगन्ज :

स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न सरकार लागी परेको छ : मन्त्री पाैडेल

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.8kViews
1135 Shares
वीरगंज । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमाको दायर बढाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस पर्साले आयाेजना गरेका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पाैडलले रु १ लाख रहेको स्वास्थ्य बिमालाई बढाएर रु ५ लाख पुर्याउन आवश्यक रहेको वताए ।
नेपाली कांग्रेसका पर्साका उपसभापति अशोक कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वाेल्दै मन्त्री पाैडेलले स्वास्थ्य सेवामा सबैको पहुच स्थापित गर्न सरकार लागी परेको बताए । उनले नेपालमा दिनप्रतिदिन क्यान्सर बिरामी बढीरहेको अवस्था देखिएको बताए । उनले भने “क्यान्सर हुँदा घरमा रहेको सबै सम्पति सकिने अवस्था सृजना हुन्छ, महिनामा ८० हजार देखी १ लाख सम्मको खर्च धाउनु पर्ने भएकोले धनी र गरीब सबैले सम्मान ढंगले स्वास्थय सेवा पाउनु पर्छ ।”
उनले सरकारी अस्पतालको साथै निजी अस्पतालले पनि सहयोगीको भुमिका निर्वाह गर्नु पर्ने बताए । सरकारी अस्पतालका मेडिकल पसललाई नागरिक वडापत्र राखेर औषधी बिक्री बितरण गर्नु पर्ने वताए । मंत्री पौडेलले नारायाणी अस्पतालको एमआरआई मेसिन एक हप्तामा संचालनमा आउने जानकारी दिए ।
नेपाली कांग्रेस पर्साका उपसभापति एवं कार्यक्रमका सभापति गुप्ताले सरकारले विकासमा लगानीको माेडेल परिवर्तन गर्नुका साथै स्वास्थ्य, शिक्षामा पनि ठुलो रकम बिनियोजन गर्नु पर्ने वताए । उनले भौतिक निमार्णमा निजी सेक्टरलाई लगानी गर्न लगाउने प्रोत्साहन गर्नु पर्ने र शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा सरकारले लगानी गर्नु पर्नै वातावरण सृजना गर्न माग समेत गरे ।
वीरगंजस्थित नेपाली कांग्रेस पर्साकाे पार्टी कार्यालयमा भएकाे कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, वीरगंज महानगरपालिकाका उपमेयर ईम्तयाज आलम, नेपाली कांग्रेसका जिल्ला सचिव तथा पटैवर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, मदन यादव लगायतको उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *