वीरगन्ज :

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

श्रेणी : BANNER

2 years
birgunj report
81Views
0 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेललाई मंगलबार बिहान बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको हो । यसअघि शनिबार पनि पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो । राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ ।

यसअघि वैशाखको पहिलो साता पनि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *