वीरगन्ज :

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना पक्राउ

श्रेणी : अपराध

2 hours
Pradeep Sah
3.0kViews
1870 Shares

सर्लाही,२९ चैत । नियमित गस्तीका क्रममा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्रहम्पुरी गाउँपालिका–४ क्षेत्रमा खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा आएका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो। सो क्रममा उनीहरूको शरीर खानतलासी गर्दा रु ८ लाख नगद बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

प्रहरीका अनुसार बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *