वीरगन्ज :

स्पर्श मल्टि स्पेशलिटि अस्पताललाई बद्नाम गर्न कपोकल्पित समाचार प्रकाशन

स्पर्श मल्टि स्पेशलिटि अस्पताललाई बद्नाम गर्न कपोकल्पित समाचार प्रकाशन

श्रेणी : BANNER

2 years
Pradeep Sah
7Views
0 Shares

वीरगंज (पर्सा), १३ कात्तिक / यही कात्तिक १२ गते केही अनलाइन पत्रिकाले यस अस्पताललाई बद्नाम गर्ने मनसायले कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ जनाएको । वीरगंजबाट संचालित अनलाइनले ‘वीरगञ्जको स्पर्श हस्पिटलका कर्मचारीबाट बिरामीकी कुरुवा बलात्कृत’ र ‘स्पर्श हस्पिटलमा उपचारका लागि आएकी महिला बलात्कृत’ भन्ने समाचार प्रकाशन गरेकोप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको अस्पतालका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।
दुई महिना अगाडि वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी, पर्सा निवासी अन्दाजी २५ वर्षीय अजय महतो नारायणी अस्पतालबाट रेफर भई उपचारको लागि यस अस्पतालमा आएका थिए । खुट्टा शल्यक्रिया गर्न उपचारका लागि आएका महतोलाई उपचार गर्न नमानेपछि भोलिपल्ट पैसा दिने भनेपछि अस्पतालले शल्यक्रिया गरेको थियो । शल्यक्रिया पश्चात २ दिन पछि विरामीको कुरुवाहरु गायब भएका थिए । त्यस पश्चात दुई हप्तासम्म अस्पताल प्रशासनले राखेर महतोको उपचार तथा खाना खुवाउनेदेखि हेरचाह गरेको थियो ।
विरामीका कुरुवाले अस्पतालको शुल्यक नबुझाएपछि अस्पताल प्रशासनले गण्डक प्रहरी तथा श्रीपुर प्रहरी चौकीलाई जानकारी गराएको थियो । त्यस पश्चात पनि अस्पताललाई पैसा नबुझाएपछि अस्पतालमै प्रहरीको रोहबरमा भदौ २२ गते पैसा दिने सहमति भएको थियो । पैसा बुझाउन पटक पटक समय दिएर पनि पैसा नबुझाई उल्टै अस्पताललाई बद्नाम गर्नका लागि विरामी बहिनीलाई प्रयोग गरि अस्पतालका कर्मचारीले बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिन लगाइएको थियो ।
अस्पतालका स्वीपर आकाश मण्डल र विरामीका बहिनीबीच अस्पतालमा बस्ने क्रममा मोबाइल नम्बर साटासाट गरि चिनजान भएको र एक अर्कासँग अस्पताल बाहिर भेटघाट पनि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विरामीको उपचारका बखत बहिनीले खाना पु¥याउने गरेकी थिइन् । त्यसैले विरामी अजय महतोले अस्पताललाई पैसा बुझाउन नपरोस् भन्ने मनसायले प्रहरीमा जाहेरी दिएको र केही सञ्चारकर्मीले त्यसलाई अनावश्यक मुद्दा बनाई अस्पतालको चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरेकोले त्यसलाई तत्काल सच्याउन जोडदार माग समेत गरेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरि रहेको अवस्थामा आर्थिक लाभ लिन आधारहीन समाचार प्रकाशन गरेको हाम्रो ठहर छ । घटनाबारे अनुसन्धानमा सहयोग पु¥याउन अस्पताल प्रशासनले सिसिटिभि फुटेज समेत उपलब्ध गराई जिल्ला प्रहरी कार्यालयमा बुझाईसकेको अवस्थामा जथाभावी समाचार प्रकाशन गर्नुले सञ्चार जगतकै बद्नामी भएको हाम्रो बुझाई प्रशासन प्रमुख पटेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
घटनाबारे अस्पताल प्रशासनले प्रहरीसँग बुझ्दा उनीहरु पहिलादेखि नै एक अर्कासँग कुराकानी गर्नेदेखि भेटघाट समेत गर्ने गरेको पाइएको अवस्थामा केही सञ्चारकर्मीले पित्त पत्रकारिता गरि अस्पताललाई बद्नाम गराउन खोजेकोले यसलाई तत्काल खण्डन गर्न नेपाल पत्रकार महासंघ पर्सासँग पनि जोड्दार माग गर्दछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *