वीरगन्ज :

सुराकीका नाममा खर्च गर्ने प्रणाली खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान्छुः गृहमन्त्री श्रेष्ठ

श्रेणी : BANNER

2 years
birgunj report
39Views
0 Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै पछि दुईवटा मुख्य निर्णय गरेका छन् ।

प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको भन्दै उनले उक्त निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको लागि लगिने बताए ।

त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नको लागि कानुन केही संशोधन गर्ने गरी विधेयक पारित भइरहेकाले एउटा सर्वाधिक आयोग गठन गरेर काम कारबाही अगाडि बढाउने उनले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *