वीरगन्ज :

सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

3 hours
Pradeep Sah
2.4kViews
1170 Shares

जनकपुर,०९ बैशाख । सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको भारत सीमावर्ती क्षेत्रबाट दुइजना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।

जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित प्रहरी चेकपोस्टमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध हतियार बरामद गरेको सिरहा प्रहरी प्रवक्ता विरेन्द्र पासवाले बताए ।

प्रहरीले भारतको मधुबनी जिल्ला ग्रामपंचायत पिपराही वडा नम्बर– २ कल्याणपुर निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता पासवालले जनाए ।

मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली फेला पारेको जनाएको छ । हतियारसहित पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

साथै प्रहरीले उनीहरुको साथबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।पक्राउ परेका दुबैजनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *