
श्रेणी : अपराध
जनकपुर,२१ जेठ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ठगी प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सिरहाको विष्णुपुर गाउँपालिका–८, गौरीपुर निवासी प्रमोद महतो हुन्।
प्रहरीका अनुसार महतोले सिरहा नगरपालिका–१६ माडरकी ४८ वर्षीया रानी देवी यादवसँग एक लाख सत्तरी हजार (१,७०,०००) रुपैयाँ मागेका थिए। उनले आफू प्रहरीसँग मिलेर मुद्दा मिलाइदिने भन्दै लगातार रकम माग्दै आएका थिए।
प्रहरीकै नाम दुरुपयोग गरेर रकम असुल्ने प्रयास गरिरहेको भन्ने उजुरीका आधारमा उनलाई विशेष निगरानीमा राखिएको थियो। त्यसै क्रममा प्रमाणसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।
महतोमाथि ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट चार दिनको म्याद थपिएपछि थप अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया