वीरगन्ज :

सापटी रकम विवादमा रौतहटमा आमा–छोरीमाथि कुटपिट

श्रेणी : BANNER

18 hours
Pradeep Sah
3.0kViews
1356 Shares

रौतहट,०९ चैत । सापटी दिएको पैसा फिर्ता माग्दा रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरिया क्षेत्रमा आमा–छोरीमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।

४५ वर्षीया भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले आइतबार कुटपिट गरेका हुन्। पीडितका अनुसार छोटेलालले केही महिनाअघि भागमणीसँग १ लाख २० हजार रुपैयाँ सापटी लिएका थिए। आइतबार अर्को व्यक्तिले पठाएको १० हजार रुपैयाँ लिन उनी भागमणीको घर पुगेका थिए।

भागमणीले आफूले पाउनुपर्ने रकम कटाएर बाँकी दिन आग्रह गरेपछि विवाद चर्किएको र त्यसक्रममा छोटेलालले बाँसको लाठी प्रयोग गरी आक्रमण गरेको आरोप छ। कुटपिटबाट भागमणीकी १० वर्षीया छोरी रबिता कुमारीको देब्रे हात भाँचिएको छ भने भागमणी स्वयं पनि गम्भीर घाइते भएकी छन्।

पीडित परिवारका अनुसार छोटेलालले घरपालुवा जनावरमाथि समेत आक्रमण गरेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।

पीडितले गाउँकै एक जनप्रतिनिधिले उजुरी नगर्न दबाब दिएको आरोप लगाउँदै न्यायको माग गरेका छन्। यसअघि पनि पटक–पटक कुटपिट भएको दाबी उनीहरूको छ।

इलाका प्रहरी कार्यालय कटहरियाले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *