वीरगन्ज :

सशस्त्र प्रहरीद्वारा लागु औषध चरेशसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीद्वारा लागु औषध चरेशसहित दुई जना पक्राउ

श्रेणी : BANNER

2 years
Pradeep Sah
17Views
0 Shares

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले लागु औषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको चेकप्वाईन्ट डिउटी टोलीले पर्साकाे पटेर्वा सुगौली गाउँपालिका.-५ निवासी ३५ बर्षिय सत्यनारायण माझी र साेही ठाउँ निवासी ४० बर्षिय प्रलाद माझीलाई नियन्त्रमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक संताेष बस्नेतले जानकारी दिए ।

विशेष सुचनाको आधारमा बुधबार विहान ०८:४५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार मेनगेट स्थित खटिएको चेकप्वाईन्ट डिउटी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको १५.३१० के.जी. अवैध लागु औषध चरेशसहित दुबै जनालाई पक्राउ गरेकाे उनले वताए ।

उनका अनुसार दुबै जना सवार बि.आर. २२ एम ४२०६ नम्बरको भारतिय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमा लुकाई छुपाई नेपालबाट भारततर्फ लैजादै गरेको अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको हाे ।

उक्त चरेश र मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाईएको सुचना अधिकारी बस्नेतले वताए ।कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *