वीरगन्ज :

सरकार लुटतन्त्र लुकाउन बनेको शक्ति प्रदर्शन धेरै दिन टिक्दैन : राजेन्द्र महतो

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
1.7kViews
1852 Shares

काठमाडौं,१२ फाल्गुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार देश बनाउन नभइ लुटतन्त्रलाई लुकाउन बनेको सरकार भएको टिप्पणी गरेका थिए।

सोमबारबाट काठमाडौंमा सुरू पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले कांग्रेस,एमाले र माओवादीले देशमा लुटतन्त्र मच्चाइरहेको भन्दै अहिलेको ठूला दल मिलेर बनेको सरकार पनि देश बनाउन नभई लुटतन्त्रलाई लुकाउन बसेको सरकार भएको टिप्पणी गरेका छन्।

उनले ठूला भनिएका तीनवटा पार्टी र पात्रले देशलाई वर्वाद बनाएको जिकिर गरे। सदनमा अंकगणित देखाएर शक्ति देखाउने काम धेरै दिन नटिक्ने उनले बताए। महतोले सबैको अधिकारका लागि सबै पहिचानवादीहरू गोलबन्द हुनुपर्नेमा जोड दिए।

केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा महतोले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा बिचौलियाहरूलाई फाइदा पुग्ने गरि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उल्लेख गरिएको छ । त्यस्तै महतोले कांग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको टिप्पणी गरेका भने एमाले नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *