वीरगन्ज :

सरकारमा सहभागी हुन जसपा र एकीकृत समाजवादीलाई प्रधानमन्त्रीको आग्रह

श्रेणी : राजनीति

2 years
birgunj report
40Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ । जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *