वीरगन्ज :

समानुपातिकतर्फ ९६ लाख मत गन्दा एमालेको २६ लाख, कांग्रेसको २४ लाख ७० हजार मत

श्रेणी : BANNER

2 years
birgunj report
44Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख ७० हजार ८८३ मतगणना भएको छ । 

मंगलबार बिहान ११ बजेसम्मको गणन अनुसार नेकपा एमालेले २६ लाख ७ हजार चार सय ७२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत प्राप्त गरेको छ । 

नेकपा(माओवादी केन्द्र)ले ११ लाख ९ हजार ७७९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत प्राप्त गरेको छ । 

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *