वीरगन्ज :

समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश समिति गठन

श्रेणी : कृषि

1 year
Pradeep Sah
2.4kViews
1773 Shares

वीरगंज । समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश समिति गठन भएकाे छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भएकाे अगुवा किसान भेलाले प्रदेश स्तरिय समिति गठन गरेकाे हाे ।

प्रदेश अध्यक्ष असोक यादवको अध्यक्षतामा लुम्बिनी प्रदेशको राजधानी देउखुरी दाङ्गमा सम्पन्न भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेकाे समाजवादी किशान महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए ।

नवगठित समितिकाे उपाध्यक्षहरु माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर, मुख्य सचीव जाबेद आलम, सचिवहरु टेकराज केसि, कन्हैया राजभर, कोषाध्यक्ष निरा चौधरी र सदस्यहर मन्जु चौधरी, रामलखन यादव लगायत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहले किसान समृद नभए देश समृद नहुने वताए । देशको किसानहरुको अवस्था बद्लिए देश अवस्था पनि नबदलिने वताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका राजनैतिक समिति सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज नवीन सुनुवारले अबको आन्दोलन किसानहरुको समस्याहरुलाइ लिएर गर्नुपर्ने बताए ।

कार्यक्रममा नवगठित समितिलाई अतिथिहरु लुम्बिनी प्रदेश उपाअध्यक्ष माधवराम बर्मा,.मा.अम्बिका काफ्ले, समाजबादी किसान महासंघ नेपालका केन्द्रिय महासचिव ओम श्रेष्ठ, उपमहासचिव तबरेज अहमद, केन्द्रिय सदस्य हरिकला चैलागाइ, तराई थरुहट अवध प्रदेश अध्यक्ष सुमित्रा चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजवादी किसान महासंघका कार्यसम्पादन समिति सदस्य श्रावण यादवले कार्यक्रमको उदेश्य र स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्त्यमा नवगठित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई पद तथा गोपिनियताको सपथ ग्रहण उपमहासचिव तबरेज अहमदले गराएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवा किसान्हरुको उपस्तिथि रहेको महासचीव ओम श्रेष्ठले बताए । कार्यक्रम संचालन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव राजन राना मगरले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *