वीरगन्ज :

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एक जनाको मृत्यु

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.9kViews
1167 Shares

जनकपुर,०१ पुस । सप्तरीको बोदेबर्साईन–सुभरनपट्टि सडकखण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित बोदेबर्साईनमा स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद कोराईस अलिको मृत्यु भएको हो ।

सुभनपट्टीबाट–बोदेबर्साइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नम्बरको भारतीय स्कोरपियोले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा अलिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खडक नगरपालिका ११ का मोटरसाइकल चालक अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् । उहाँको स्थानीय जीवन ज्वोती अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको तथा ठक्कर दिने स्कोरपियो इलाका प्रहरी कार्यालय बोदेबर्साइन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *