वीरगन्ज :

सप्तकोसीमा पानीको बहाव तीव्र, कोसी ब्यारेजका ३५ ढोका खुल्ला

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.7kViews
1183 Shares

सुनसरी,०२ असोज । पूर्वी पहाड र तराई क्षेत्रमा लगातार परेको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको छ। बुधबार राति १० बजे गरिएको मापनअनुसार नदीमा दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसअघि राति ८ बजे गरिएको मापनमा दुई लाख ४८ हजार २०० क्युसेक मात्र बहाव रहेकाले पानी निरन्तर बढ्दो क्रममा रहेको देखिएको हो।

पानीको स्तर बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल ढोका र ४ वटा नहर ढोकामध्ये ३५ वटा खोलिएका छन्। साथै खतरा संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *