वीरगन्ज :

संसद छलेर ल्याइएका अध्यादेशहरु पास नहुने प्रचण्डकाे दाबी

श्रेणी : अर्थ

2 months
Pradeep Sah
2.5kViews
1834 Shares

सुर्खेत, २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले संसदबाट ल्याईनुपर्ने कानुनहरु अध्यादेशबाट ल्याएको हुँदा पास नहुने दाबी गरेका छन् । उनले ती अध्यादेशहरु आफूहरूलाई स्वीकार्य नभएको बताए ।

पार्टीका अगुवा नेता कार्यकर्ता प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

मङ्गलवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद छलेर ल्याइएका अध्यादेशहरु पासै नहुने जिकिर गरे । जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने उल्लेख गर्दै उनले भने, ‘हामी राष्ट्रिय सभाबाट पारित हुन दिने पक्षमा पनि छैनौँ । अध्यादेश पास हुदैंन ।’

उनले वर्तमान सरकारको दुई तिहाईको दम्भलाई राष्ट्रिय सभाले काउन्टर गरेको पनि बताए । उनले भने, “सरकारले दुई तिहाईको अहंकारमा जे गरे पनि पास हुन्छ भन्ने ठानेको थियो । प्रतिपक्षलाई गनेकै थिएन् । तर राष्ट्रिय सभाले सरकारलाई राम्रै चेतावनी दिएको छ । आफ्नो धरातल पनि देखाएको छ । यसबाट सरकारले शिक्षा सिक्नुपर्छ । सबैको मान्य हुने काम गर्नुपर्छ ।”

प्रचण्डले मुलुक आर्थिक हिसाबले निकै संकटमा परेको बताए । सरकारले स्थानीय सरकारलाई दिनुपर्ने अनुदानहरु कटौतीमा लागिरहेको छ । उनले भने, “यसैबाट मुलुकको आर्थिक अवस्था नाजुक भएको प्रष्ट हुन्छ । तर स्थानीय सरकारलाई प्रदान गर्ने अनुदान काटिनु भने राम्रो होइन । यो गाँउको विकास माथि खेलबाड हो ।”

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारतिर नरहेको बताए । उनले भने, “हाम्रो ध्यायन सरकारतिर छैन् । अहिलेकै गठबन्धन २०८४ पछिसम्म जोहोस । त्यसमा हाम्रो कुनै चासो छैन् । तर, सरकारले गर्ने काम जनताका हित बिपरीत भएमा संसद र सडक दुवै प्रयोग गरेर खबरदारी हामी गरिरहन्छौँ ।” उनले अहिलेको गठबन्धनमा नेकपा एमाले भन्दा नेपाली कांग्रेस तुलनात्मक इमानदार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *