वीरगन्ज :

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

श्रेणी : BANNER

2 years
birgunj report
186Views
0 Shares

काठमाडौँ । संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोक्न लागेका हुन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्नेछन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले भदौ ११ गते सोमबार प्रतिनिधिसभाका १० संसदीय समितिको सभापतिका लागि निर्वाचन मिति तोक्न लागेका हुन् ।

प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन भएका थिए । दलहरुबीच कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १–१ वटा समितिको सभापति लिने सहमति भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *