वीरगन्ज :

संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपतिद्वारा ओलीको ध्यानाकर्षण

श्रेणी : BANNER

1 year
birgunj report
9Views
0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा समसामयिक राजनीति र संसदको गतिरोधलागयतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद गतिरोध अन्त्य गर्न ओलीको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासको वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । भेटमा ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले साउन १० सदन अवरुद्ध गर्दै आएको छ । सरकारले भने उच्चस्तरीय समिति गठन नगर्ने र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानको जिम्मा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *