वीरगन्ज :

शिक्षा बिकास तथा समन्वय इकाई पर्सा दुई महिनादेखि प्रमुख विहिन, सेवा प्रवाह प्रभावित

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.0kViews
1267 Shares

वीरगंज । शिक्षा बिकास तथा समन्वय इकाई पर्सा दुई महिनादेखि प्रमुख विहिन भएकाे छ । इकाई प्रमुख अशाेक राैनियारकाे मंसिर २९ गतेदेखि छिपहरमाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा भएदेखि हाल सम्म प्रमुख विहिन रहेकाे छ ।

इकाई प्रमुख नहुँदा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयबाट प्रदान हुने सेवा प्रवाह प्रभावित भएकाे छ । जिल्लान्तर सरुवा, शिक्षक नियुक्ति, बढुवा र पदस्थापना लगायतका कामहरु प्रभावित भएकाे सेवाग्राहीहरुले वताएका छन् । इकाई कार्यालयबाट प्रवाह हुँने सेवा कार्यालय प्रमुख नहुँदा संचालन हुन नसकेकाे कार्यालयमा भेटिने कर्मचारीहरु बताउँन् ।

यसका साथै दुई महिनादेखि कर्मचारीहरु तलब खान सकेका छैनन् । निमित प्रमुखका जिम्मेवारी पाएका विद्यालय निरिक्षकले खाता संचालन गर्ने अख्तियारी नपाएका कारण कर्मचारीहरु तलब समेत खाना नपाएकाे कर्मचारीहरुले वताएका छन् ।

विभिन्न कामकाे लागि इकाई कार्यालय पुगेका सेवाग्राहीहरु काम नहुँदा यस्तै फर्कने गरेका छन् । कार्यालयमा भटिएका कर्मचारीहरु पनि कार्यालय प्रमुख नहुँदा काम विहिन भएका छन् ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *