वीरगन्ज :

शनिबार रातिदेखि सोमवारसम्म देशभर भारी वर्षाको सम्भावना

श्रेणी : मधेस

13 hours
Pradeep Sah
2.6kViews
1512 Shares

काठमाडौं,०२ साउन । भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद् उपाध्यायको भनाइ छ । उहाँले अबको २र३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिनुभएको छ ।

मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न उहाँको सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ । आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका १ र २ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी सिन्धुपाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमुजङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, दार्चुलामा पनि बाढीको मध्यम छ ।

बाढीको जोखिम भएका र आसापासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *