वीरगन्ज :

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने महिला पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
1.7kViews
1500 Shares

काठमाडौँ,०१ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको

अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छिन् ।
रु छ लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई आज काठमाडौँ वनस्थलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *