वीरगन्ज :

वीरगंज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदै

श्रेणी : खेलकुद

1 year
Pradeep Sah
2.7kViews
1794 Shares

वीरगंज । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगंज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अंक तालिकामा वीरगंज पुछारमा छ भने इलाम पुछारभन्दा माथि छ । ४ अंक जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ ।

यस्तै वीरगंजले ४ खेलमा दुईमा बराबरी र दुईमा हार व्यहोरेको छ । वीरगंजकाे मात्र दुई अंक छ ।

प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो । झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *