वीरगन्ज :

विवाह पञ्चमी महोत्सवमा रामलीलाको झलक(फोटोफिचर)

श्रेणी : समाचार

3 years
birgunj report
27Views
0 Shares

जनकपुरधाम । आज विवाह पञ्चमी । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा धुमधामका साथ विवाह पञ्चमी मनाइँदैछ । अहिले मधेसको राजधानी जनकपुरधाम, त्रेतायुगमा मिथिलाको राजधानी थियो ।

मिथिलाका राजा थिए जनक । उनले छोरी सीताको विवाह रामसँग जनकपुरधाममै गरेका थिए । सोही मान्यताका आधारमा जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी आयोजना गरेर सांकेतिक रूपमा सीता–रामको विवाह गर्ने चलन छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंम्वरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । जानकी मन्दिरमा हुने सिता–राम विवाह अर्थात् स्वयंम्वरमा अदृष्य रुपमा देवीदेवताको समेत सहभागिता हुने विश्वास जनमानसको छ ।

त्यसैले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा लाखौं श्रद्धालु र साधुसन्त सहभागी हुन्छन् ।
फोटोः अजयकुमार साह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *