वीरगन्ज :

विज्ञापन बन्दको असर, बारामा निजी सञ्चारमाध्यम धराशायी हुने खतरा

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1480 Shares

बारा,३० चैत । बारामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले सरकारी विज्ञापन बन्द गर्ने निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार यस निर्णयले निजी सञ्चारमाध्यमहरूको आर्थिक आधार नै कमजोर बनाउँदै अस्तित्व संकटतर्फ धकेलिरहेको छ।

कार्यक्रम नेपाल प्रेस युनियन बारा शाखा को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले विज्ञापन नै अधिकांश मिडियाको मुख्य आम्दानीको स्रोत भएकाले सरकारी विज्ञापन रोकिँदा विशेषगरी स्थानीय मिडियाहरू प्रत्यक्ष प्रभावित भएको बताएका छन्।

कार्यक्रममा बोल्दै सत्य प्रकाश श्रेष्ठ ले मिडियाको संरक्षण र प्रवर्द्धनका लागि राज्यले वर्गीकरणका आधारमा नियमित विज्ञापन वितरण गर्नुपर्ने धारणा राखे। त्यस्तै गणेशराज रिजाल ले वर्तमान अवस्था कायमै रहे केही महिनामै धेरै निजी सञ्चारमाध्यम बन्द हुन सक्ने चेतावनी दिए।

पत्रकार निवेश कुमार तिमिल्सिना ले सरकारी विज्ञापन बन्द गर्नु प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयास भएको टिप्पणी गरे। त्यस्तै जयनारायण यादव ले यसले सञ्चार संस्थामा कार्यरत पत्रकारहरूको रोजगारीमा गम्भीर असर पार्ने बताए।

कार्यक्रममा सहभागी अन्य पत्रकारहरूले एफएम रेडियो सञ्चालनमा समेत प्रत्यक्ष असर परेको उल्लेख गर्दै, यसले ग्रामीण क्षेत्रमा सूचना पहुँच कमजोर बनाउने खतरा औंल्याएका छन्। श्यामबाबु प्रसाद यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश का सदस्य संजीव मिश्र लगायत विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन राजेश कुशवाहा ले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *