वीरगन्ज :

वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.6kViews
1781 Shares

काठमाडौं, २१ चैत्र । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक श्रेणीमा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विश्व वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार काठमाडौंको वायु प्रदूषणको स्तर ३४८ AQI पुगेको छ, जुन ‘खतरनाक’ श्रेणीमा पर्छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखा पोल्ने, नाक र घाँटीमा एलर्जी, छालाको समस्या, हृदय रोग जस्ता समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगी विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर नजान, घर बाहिर निस्किँदा मास्क अनिवार्य रूपमा प्रयोग गर्न तथा अत्यधिक प्रदूषित क्षेत्रमा नजान सुझाव दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलाप, धुलो र फोहोरको उचित व्यवस्थापन नहुनु वायु प्रदूषण बढ्नुको मुख्य कारण बनेका छन्।

प्राधिकरणले सार्वजनिक यातायातको प्रयोग बढाउन, फोहरको उचित व्यवस्थापन गर्न, निर्माण क्षेत्रमा धुलो रोकथामका उपाय अपनाउन तथा वन डढेलो नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, वायु प्रदूषण न्यूनीकरणका लागि सरकारी निकायहरूलाई तत्काल सुधारका उपाय अपनाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *